Sunday, 16th August, 2026
वि.स.

थाहा–२ मा माओवादी विजयी(मत विवरणसहित)

abcd-1652555874.jpg

स्थानीय तह निर्वाचनमा थाहा नगरपालिका वडा नम्बर २ माओवादी केन्द्रको हातमा परेको छ । अन्तिम मत परिणाम अनुसार नेकपा एमालेका उमेदवार गुप्तबहादुर कार्कीलाई १५  मतले पछि पार्दै नेकपा माओवादी केन्द्रका बमबहादुर सिन्तान वडा अध्यक्षमा विजयी भएका हुन् ।

वडा अध्यक्षमा सिन्तानले ७३५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कार्कीले ७२० मत प्राप्त गरे । ६६४ मत प्राप्त गरेर नेपाली काँग्रेसका नवराज लामा वडा अध्यक्षको ‘रेस’मा तेस्रो भएका छन् ।

थाहा–२ मा माओवादीको प्यानलै विजयी भएको छ । माओवादीको तर्फबाट आगामी पाँच वर्षका लागि खुल्ला वडा सदस्यहरुमा युवराज विष्ट र अर्जुन कार्की  विजयी भएका छन् । त्यसैगरी महिला सदस्यमा  रितु कार्की र दलित महिला सदस्यमा सिर्जना विक विजयी भएका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif