nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा–२ मा माओवादी विजयी(मत विवरणसहित)

abcd-1652555874.jpg

स्थानीय तह निर्वाचनमा थाहा नगरपालिका वडा नम्बर २ माओवादी केन्द्रको हातमा परेको छ । अन्तिम मत परिणाम अनुसार नेकपा एमालेका उमेदवार गुप्तबहादुर कार्कीलाई १५  मतले पछि पार्दै नेकपा माओवादी केन्द्रका बमबहादुर सिन्तान वडा अध्यक्षमा विजयी भएका हुन् ।

वडा अध्यक्षमा सिन्तानले ७३५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कार्कीले ७२० मत प्राप्त गरे । ६६४ मत प्राप्त गरेर नेपाली काँग्रेसका नवराज लामा वडा अध्यक्षको ‘रेस’मा तेस्रो भएका छन् ।

थाहा–२ मा माओवादीको प्यानलै विजयी भएको छ । माओवादीको तर्फबाट आगामी पाँच वर्षका लागि खुल्ला वडा सदस्यहरुमा युवराज विष्ट र अर्जुन कार्की  विजयी भएका छन् । त्यसैगरी महिला सदस्यमा  रितु कार्की र दलित महिला सदस्यमा सिर्जना विक विजयी भएका छन् । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)