nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा विनयबाबु बस्नेत स्मृति भलिबल रनिङ शिल्ड प्रतियोगिता: तयारी पूरा

मकवानपुर थाहा नगरपालिकामा १९ कार्तिकबाट जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको योजनामा भलिबल रनिङ शिल्ड प्रतियोगिता २०७५ हुन लागेको हो । २१ कार्तिकसम्म थाहानगरको फाँटबजारमा हुने प्रतियोगितको तयारी पूरा भएको छ । 

प्रतियोगिताका लागि जिल्लाभरका १२ टिमले सहभागिता जनाउने प्रतिष्ठानका अध्यक्ष शंकर काकीृले जानकारी दिए । प्रतियोगिताको प्रतिनिधी सभा सांसद विरोध खतिवडाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

१९ का हुने पहिलो खेल थाहा नगरपालिका वडा नं। १ प्रतिनीधि टिम र हटिया स्पोर्टस एकेडेमीबीच हुने अध्यक्ष काकीृले जानकारी दिए ।वडा नं. १ प्रतिनीधि टिम गतवर्षको विजेता टिम हो । प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइने भएको छ ।

सशस्त्र प्रहरीमा सेवारत् विनयबाबु बस्नेतको दुर्घटनामा परी मृत्यू भएपछि उनको नाममा २०७४ सालबाट यो प्रतियोगिता शुरु गरिएको विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानका अध्यक्ष तथा थाहा नगर खेलकुद विकास समितिका भलिबल प्रशिक्षक कार्कीले जानकारी दिए । 
रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने छन् । गतवर्ष नगद ४० हजार रहेकोमा यसवर्ष पुरस्कारको राशी थप भएको हो । त्यस्तै दोस्रो हुने टिमले नगद २६ हजार रुपियाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने प्रतिष्ठानले जनाएको । 
प्रतियोगिताको पुरस्कार वितरण समारोहको अवसरमा प्रतिष्ठानले उत्कृष्ट स्वयंसेवक छनोट गरी सम्मान गर्ने निर्णय भएको छ भने सामाजिक तथा खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने एकजनालाई पनि प्रतिष्ठानले सम्मान गर्ने निर्णय भएको छ । प्रतियोगितालाई भव्यताकोसाथ संचालन गर्नको लागि विभिन्न उपसमितिहरु पनि निर्माण गरिएको अध्यक्ष कार्कीले जानकारी दिए ।

प्रतियोगिताको अफिसियल मिडिया विकास खबरपत्रिका र विकासखबर डटकम रहेको छ । 

 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)