Thursday, 20th August, 2026
वि.स.

थाहामा रित्तियो जसपा, ज्योति रायमाझी र इन्द्र श्रेष्ठ पुरानै घर फर्किए

maobadi-prabesh-aaa-1638003974.jpg

थाहानगरका जनता समाजवादी पार्टीको नेताहरुले आफ्नो साविक दल परित्याग गरेका छन् । जसपाका थाहा नगर कमिटी अध्यक्ष सुजन रायमाझीसहितको टिम गत १३ कात्तिकमा एमाले प्रवेश गरिसकेको छ भने जिल्ला, प्रदेश र केन्द्रयि कमिटीमा रहेका थाहानगरका जसपा नेताहरु ११ मंसिरमा माओवादी प्रवेश गरेका छन् । 

नेकपा माओवादी केन्द्र थाहानगरको प्रथम नगर  सम्मेलन उद्घाटन कार्यक्रमका बीच जसपाका नेताहरु ज्योति रायमाझी, इन्द्रबहादुर श्रेष्ठ, ध्रुब ढकाल लगायतको टिम माआवादीमा प्रवेश गरेको हो । डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति पार्टी गठन हुनुअघि माओवादी केन्द्रमै रहेका नेताहरु पुनः आफ्नो पुरानो घर फर्केका हुन् । 

तत्कालीन माओवादी केन्द्रमा राज्य समिति सदस्य र प्रल्हाद लामिछाने नेतृत्वमा जिल्ला सचिब भएका ज्योति रायमाझी नयाँ शक्ति पार्टी हुँदै जसपा गठन हुँदासम्म विभिन्न नेतृत्वदायी पदमा रहे पनि उनको राजनीतिक क्रियाशीलता भने कम रहँदै आएको थियो ।पुरानै घर फर्किएका श्रेष्ठ तत्कालीन नेकपा माओवादी केन्द्रमा जिल्ला कमिटीका निर्वाचित सदस्य रहेका थिए । 

जसपा टिमसँगै यसअघि जसपाको थाहानगर युवा कमिटीका संयोजक रहेका किसन रायमाझी पनि माओवादी प्रवेश गरेका छन् । राप्रपाका कार्यक्रमहरुमा सक्रिय रहँदै आएका रायमाझीले माओवादीको प्रथम नगर सम्मेलनपूर्व आफू जसपाको युवा संघमै रहेको बताएका थिए । 

जसपाका नेताहरु विभिन्न पार्टीमा प्रवेश गरेपछि नेतृत्वका हिसावले अब थाहा नगरमा जसपा लगभग रित्तो देखिएको छ । समाजवादीको जिल्ला नेतृत्वले फेरि थाहा नगरमा जसपाको संगठन विकास र विस्तार गर्न चुनौति  देखिएको छ  ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०