thahatimes-ad-thekka-1731652826.jpg
Friday, 13th December, 2024
वि.स.

थाहामा राष्ट्रपति खेलकुद आज सकिँदै, सर्वाधिक स्वर्ण जनकल्याणलाई

IMG20241115125219-1731720689.jpg

थाहा नगरपालिकामा बिहीबारदेखि  जारी  सातौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप भलिबल प्रतियोगिताका सम्पूर्ण खेलहरु आज सकिँदैछ । आज शनिबार दिउँसो १ बजे इन्द्रायणी चाैरमा प्रतियोगिताकाे समापन हुने आयाेजक थाहा नगरपालिका शिक्षा, युवा था खेलकुद शाखाले जनाएकाे छ ।

प्रतियोगिताअन्तर्गत शुक्रबारसम्मकाे पदक तालिकाअनुसार जनकल्याण माध्यमिक विद्यालय  १४ स्वर्ण सहित अंक तालिकामा अगाडि रहेको छ ।

शुक्रबार  भएको ४ सय मिटर दौड छात्र तर्फ जनकल्याणका रितेश घिसिङले स्वर्ण हात पारे भने ४ सय मिटर छात्रा तर्फ जनकल्याणको सन्ध्या गोलेले स्वर्ण हात पार्दा ८ सय मिटर दौड छात्रमा जनकल्याणकै बिजय सुनार र छात्रा तर्फ बबिता तामाङले स्वर्ण पदक जिते तेसै गरि ३ हजार मिटर छात्रमा जनकल्याणका हरीकृष्ण बलामीले स्वर्ण जित्दा छात्रा तर्फ बज्रबाराही माबिकी युनिसा लामाले स्वर्ण पदक प्राप्त गरिन तेस्तै लङ्ग जम्प छात्र तर्फ जनकल्याणका प्रविण खत्रीले स्वर्ण जिते भने छात्रा तर्फ सुनौला माबिकी आकृती गोपालीले स्वर्ण जित्न सफल रहिन् ।

त्रीपल जम्पमा छात्र तर्फ जनकल्याणका राम जयसवालले स्वर्ण जित्दा छात्रा तर्फ जनकल्याणकै प्रिया खत्रीले स्वर्ण जितिन् ।

सटपुट छात्र तर्फ जनकल्याणका मोहन बलामीले स्वर्ण हात पार्दा छात्रा तर्फ इअन इङ्लिस स्कुलका जेभिका जोशीले स्वर्ण पदक जितिन् ।

१००×४ छात्र दौडमा जनकल्याणका राज बलामी र छात्रा तर्फ जनकल्याणकै प्रिया खत्रीले स्वर्ण हात पारे भने ४००×४ छात्र दौडमा जनकल्याणका रितेश घिसिङले स्वर्ण प्राप्त गर्दा छात्रा तर्फ पनि जनकल्याणकै सन्ध्या गोलेले स्वर्ण हात पारिन् ।

अहिलेसम्म जनकल्याणले १४ स्वर्ण,४ रजत र ६ कास्य पदक प्राप्त गरि अंक तालिकाको शिर्ष स्थानमा रहेको छ भने बज्रबाराही माबी १ स्वर्ण १ कास्य,इअन इङ्लिस स्कुल १ स्वर्ण १ कास्य,  सुनौला माबी १ स्वर्ण ४ रजत २ कास्य,बागेश्वरी २ रजत ३ कास्य,झम्केश्वरी माबी ४ रजत,२ कास्य,नाट्यश्वरी माबी २ रजत १ कास्य रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०