Wednesday, 26th August, 2026
वि.स.

थाहामा यसरी मनाइयो संविधान दिवस तथा राष्ट्रिय दिवस (फोटो फिचर सहित)

asdf-1568971168.jpg

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा थाहामा अन्तरक्रिया कार्यक्रम भएको छ । संविधान कार्यान्वयनमा स्थानीय तहको भूमिका विषयमा थाहा नगरपालिकाका जनप्रतिनिधि, राजनितिकदल, समाजसेवी, सरोकारवाला र सञ्चारकर्मीहरुको बिचमा अन्तरक्रिया गरिएको हो ।  संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति थाहा नगरपालिकाको आयोजनामा थाहा नगरपालिकाको थानाबजारमा कार्यक्रम गरिएको थियो । यस लगत दिवसको अवसरमा आज नै थाहा–४ स्थित थाहा स्मारक निर्माण स्थलमा झण्डोत्तोलन समेत गरिएको छ ।

 नगर प्रमुख लवशेर विष्टको संयोजकत्वमा गठित संविधान तथा राष्ट्रिय दिवस मूल समारोह समितिको आयोजनामा कार्यक्रम भएको हो । आज साँझ थानाबजार स्थित बुद्धचोकमा दीप प्रज्लन कार्यक्रम समेत आयोजना गरिएको छ ।




https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif