Friday, 21st August, 2026
वि.स.

थाहानगरमा भूपू सैनिकलाई ९ दिने कृषि तालीम

bhupu-1546247385.jpg

थाहानगरमा मध्यमाञ्चल इपिसेन्टर कर्यालय काठमाडौ सैनिक कल्याणकारी कोषद्वारा संचालित ९ दिने एकीकृत कृषि प्रणाली तालीम सन्चालन गरिएको छ ।

तालिम पौष १५ देखि २३ गते सम्म सन्चालन हुने छ । तलिमको संयोजन राष्ट्रिय भूपू सैनिक सभापति कमल कुमार केसीका नेपाली सेनाको अवकास प्राप्त सैनिक, तिनका छोराछोरी, एकल महिला र सैनिक परिवारहरुलाई गरिविको रेखाबाट हटाउनका प्रयास कृषि प्रणाली र विभिन्न व्यावसायिक मुलक तालीम दिने भएको हो भन्दै यस तालीमको मुख्यउद्देश्य भूपू सैनिकहरुलार्इ जिपिकापार्जनमा सहजकता ल्याउने जनाइएको छ । 

तालिममा भुपु सैनिकका परिवारहरु सहभागी रहेका छ्न । तालिमको कृषि प्राविधिक सानू गौतमले सहजीकरण गरिरहेकी छिन् । तालिम मा ६दिन कृषि सम्बन्धि हुन्छ भने ३ दिन पशु सम्बन्धि हुने तालीम  पुजा बलामिले बताइन् । 

कार्यक्रम को उद्घाटन मध्यमाञ्चल इपिसेन्टरका प्रमुख राजाराम केसीले गरेका थिए । तालीम शिखरकोट स्थित बिकास घरमा संचालन भइरहेको छ ।

-मनोज तितुङ



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif