Sunday, 23rd August, 2026
वि.स.

थाहामा तात्याे राष्ट्रिय जनमोर्चा, कार्यकर्तालाई दियाे प्रशिक्षण

IMG_20210918_205416-1631978323.jpg

थाहा नगरपालिकामा पछिल्लो समय राजनीतिक दलहरु सक्रिय हुन थालेका छन् । यसैबीच राष्ट्रिय जनमोर्चाले शनिबार  थाहा नगरपालिकास्तरीय  प्रशिक्षण कार्यक्रम गरेकाे छ । 

जनमाेर्चाले प्रशिक्षणात्मक  बैठककाे आयाेजना गरी प्रशिक्षण दिएकाे हाे । साे पार्टीको  नगर अध्यक्ष दिनेश बिष्टको अध्यक्षतामा भएकाे कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष निरबहादुर सिन्तान ,अखिल नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष सानोभाइ कार्की ,अखिल नेपाल शिक्षक संघ मकवानपुर जिल्ला अध्यक्ष कृष्णबहादुर बिष्ट,जातीय समता समाजक जनक सुनार,अखिल नेपाल  महिला संघका जिल्ला सदस्य झल सुनार लगाएतको आतिथ्यता रहेको थियो।

बैठकले टोल स्तरीय समिती गठन गर्ने मिति र जिम्मेवारी समेत ठेगान गरेको जनमाेर्चाले जनाएकाे छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif