Sunday, 16th August, 2026
वि.स.

थाहामा एमालेले ३०३ मतान्तरसहित खाता खोल्यो, प्यानलै निर्वाचित(मतसहित)

thaha-5-1652629709.jpg

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत् थाहा नगरपालिकामा नेकपा एमालेले खाता खोलेको छ । नगरको ४ वडासम्म जित्न नसकेको एमालेले ५ नम्बर वडाबाट विजयी शुरुवात गरेको हो ।

यसअघि २०७४ को स्थानीय निर्वाचनमा १, ३ र ४ नम्बर जितेको नेकपा माओवादी केन्द्रले यसपटक वडा नम्बर २ समेत जितेपछि अहिलेसम्म माओवादीले नगरमा आंशिक ‘क्लिन स्वीप’ गर्दै आएको थियो ।

तर क्रमभंग गर्दै नेकपा एमालेका उमेदवारहरुको ‘टिम’ नै वडा नम्बर ५ मा विजयी भएको छ ।

यसअघि पनि वडा अध्यक्षको रुपमा रहेका विष्णुबहादुर गुरुङ यसपटक पुनः वडा अध्यक्ष निर्वाचित भएका छन् । नेकपा माओवादीका वडा अध्यक्ष उमेदवार मानसिं दोङलाई ३०३ मतले पराजित गर्दै गुरुङ वडाध्यक्षमा निर्वाचित भएका हुन् । थाहामा वडा अध्यक्षमा यति फराकिलो मतान्तर भएको यो पहिलो हो ।

एमालेका वडाध्यक्षका उमेदवार गुरुङले ६३२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मानसि दोङले ३२९ मत प्राप्त गरेका छन् ।

एमालेका इन्द्रबहादुर वाइबा, कृष्णबहादुर मोक्तान, बिमला पाख्रिन र उर्मिला कामी सदस्यमा निर्वाचित भएका छन् । घोषित अन्तिम नतीजा अनुसार इन्द्रबहादुर वाइबाले ६२६, कृष्णबहादुर मोक्तानले ५९३  र बिमला पाख्रिनले ६१३ मत प्राप्त गरेका छन् । अन्य कुनै पार्टीको उमेदवारी नपरेपछि दलित महिला सदस्यमा भने उर्मिला कामी निर्विरोध भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif