Wednesday, 26th August, 2026
वि.स.

थाहामा २२ संक्रमित थपिए,नगरभरि २ सय २४ पुग्यो [कुन वडामा कति ?]

लगातार कोरोना संक्रमितको संख्या वृद्धि भइ २ जेठमा २० प्रतिशतमा झरेको संक्रमित दर सोमबार फेरि डर लाग्दो गरि बढेको छ ।

केही दिन अघि थाहा नगरपालिका ८ नम्बर वडाबाट २८ जनाको स्वाव संकलन गरि पठाएकोमा १४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । संक्रमित सबै १७ वर्षदेखि ४१ वर्षसम्मका छन् । यो सङ्गै थाहा ८ मा संक्रमितको संख्या १५ पुगेको छ । 

यसैगरि, थाहा नगरका स्वास्थ्य केन्द्रहरुमा लक्षणसहितका ११ जना बिरामीको एन्टिजेन विधिबाट स्वाव परिक्षण गरिएकोमा ८ जनाको पोजेटिभ रिपोर्ट आएको डा। रिकेश कार्कीले बताए । ३ जेठमा थाहा १ का २ जना, २ का २ जना, ३ का २ जना, ४ का १ जना र ५ का १ जना छन् । तीमध्ये एक जना किरिया पुत्री समेत छन् ।  थाहा ४ का एक संक्रमितलाई थप उपचारका लागि रिफर गरिएको छ ।

थाहानगरमा कुल संक्रमितको संख्या २ सय २४ पुगेको छ । तीमध्ये १२ जना निको भएका छन् । ६ जना नगर बाहिर उपचाररत छन् भने २ सय ३ जना होम आइसोलेसनमा छन् । हालसम्म २ जना संक्रमितको मृत्यु भैसकेको छ । 

यसैबीच, ३ जेठमा बसेको कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समिति र एम्बुलेन्स व्यवस्थापन समितिका पदाधिकारीहरुको बैठकले कोरोनाका बिरामीलाई भाडामा छुट गर्ने निर्णय गरेको छ ।

बैठकले थाहानगरभित्रबाट नगरभित्रकै स्वास्थ्य केन्द्रसम्म ल्याउन लान प्रचलित भाडा दरमा आधा छुट दिने निर्णय गरेको हो । बैठकले आधा भाडा समेत तिर्न नसक्ने बिपन्न परिवारका बिरामीलाई भने वडा कार्यालयको सिफारिसमा पुरै भाडा छुट दिने निर्णय गरेको छ ।

यसैबीच, थाहानगरमा एम्बुलेन्सको अभाव टार्न कोभिड बाहेकका बिरामी बोक्न जिम्मा लगाएको अटोरिक्सालाई जनगुनासो नआउने गरि भाडा लिन निर्देशन दिएको छ । सोमबार नै अटो व्यवसायी संघका पदाधिकारीहरुसङ्ग बसेको बैठकले अटोलाई कोरोनाको बिरामी नबोक्न निर्देशन दिएको छ । कोरोनाको बिरामी बोक्दा संक्रमणको जोखिम बढ्न सक्ने भन्दै कोभिडको बिरामी नबोक्न र अन्य प्रयोजनका लागि अटो संचालन नगर्न अनुरोध गरेको हो ।

वडागत विवरणः



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif