Saturday, 15th August, 2026
वि.स.

थाहानगर स्काउट फ्रेण्डशिप क्याम्प स्थगित

FB_IMG_1748285198824-1748285333.jpg

थाहा नगरपालिका स्थानीय स्काउट समितिले १४ जेठबाट झम्केश्वरी माध्यमिक विद्यालयमा आयाेजना गर्नेगरी तयारी गरेकाे ३ दिवसीय स्काउट फ्रेन्डशिप क्याम्प स्थगित भएकाे छ ।

साेमबार साँझ बसकाे ठक्करबाट उक्त विद्यालयका दुई जना शिक्षककाे ज्यान गएकाे दुःखद परिस्थितिका कारण शाेकाकूल समयप्रति ध्यान दिँदै स्काउट समितिले क्याम्प कार्यक्रम स्थगित गर्ने निर्णय गरेकाे हाे ।

साेमबार साँझ ब्रेकफेल भएकाे भनिएकाे बसले ठक्कर दिँदा झम्केश्वरी माविका दुई शिक्षककाे मृत्युु भएकाे थियाे भने दुई शिक्षक घाइते भएका थिए । उक्त दुर्घटनामा एकजना लेखापढी व्यवसायीकाे मृत्युु भएकाे थियाे भने मालपाेत कार्यालयका कर्मचारी घाइते भएका थिए ।

दुर्घटनापछि साेेमबार राती अबेर बसेकाे स्थानीय स्काउट समितिकाे भर्चुअल बैठकले फ्रेन्डसीप क्याम्प तत्काललाई स्थगित गर्ने निर्णय गरेकाे प्रवक्ता कुमार नेगीले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif