nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगर काँग्रेस कार्यसमिति पदाधिकारीको लागि मतदान सकियो, मतपरिणाम घोषणा आजै

IMG_20210925_200943-1632579930.jpg

नेपाली काँग्रेस थाहा नगर कार्यसमितिको पदाधिकारीका लागि भएको मतदान भर्खरै सकिएको छ । मतदानकाे क्रममा १९४ मत खसेको मतदान स्थलबाट नेपाली काँग्रेसका नेता नवराज लामाले जानकारी दिए । एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव पदका लागि मतदान भएको हो । 

अब केहीबेरमा मतगणना गरी परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ । काँग्रेस थाहानगरमा सभापति पदका लागि प्रमोदकृष्ण जोशी र भरत गोपाली मैदानमा छन् । त्यसैगरी दुई उपसभापति पदका लागि उद्दव लामिछाने, नमराज कार्की र सोमप्रसाद बर्तौलाको उमेदवारी रहेको छ । 

दुई सचिव पदका लागि कर्ण बहादुर गोपाली, भीमसेन मोक्तान, बिन्दुलाल थिङ र शशीकुमार दोङ प्रतिष्पर्धामा छन् भने २ सहसचिव पदका लागि ध्रुवकुमार भट्ट, रामचन्द्र भोम्जन, सत्यदेवी स्याङ्तान र सुरेन्द्र श्रेष्ठको उमेदवारी रहेको छ । 

अधिवेशनबाट ५३ जना सदस्यहरु भने निर्विरोध निर्वाचित भएका छन् ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

IMG_20210925_200943-1632579935.jpg