thahatimes-ad-thekka-1731652826.jpg
Saturday, 18th January, 2025
वि.स.

थाहानगर : ३ वडाको गणना सकिँदा गठबन्धनका विष्ट ७६१ मतले अगाडि

gatabandhan-copy-1652595001.jpg

गठबन्धनको तर्फबाट मेयरका उमेदवार नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विष्टले आफू मतदाता रहेको वडाको मतान्तरलाई निकै फराकिलो पारेका छन् । थाहा नगरपालिका–३ को मतगणना सकिँदासम्म उनको मत  ३०६३ रहेको छ भने नेकपा एमालेका मेयरका प्रत्यासी अच्युत्तमप्रसाद ढकाल ७६१ मतले पछाडि रहेका छन् । अहिले उनको मत २३०२ रहेको छ ।

वडा नम्बर १ मा ४०१ ले पछाडि रहेका ढकालले आफू मतदाता रहेको वडा नम्बर २ मा बढी मत ल्याएर २६ मात्र मतान्तर गर्न सफल भएका थिए । तर, अर्का मेयरका प्रत्यासी विष्टको वडामा भने ढकाल निकै पछि परे । वडा नम्बर ३ मा नेकपा एमालेले मेयरमा ४३४ मत प्राप्त गरेको छ ।

३ नम्बरको मतणना सकिँदासम्म गठबनधनका उपमेयर उमेदवार भरत गोपालीको कूल मत २७९८ रहेको छ भने नेकपा एमालेका कल्पना बलामीको २२०९ रहेको छ ।

मेयरको उमदेवारमा ३ वडाको गणना सकिँदासम्म राष्ट्रिय जनमोर्चाले १०७ मत, राप्रपाले ४२ मत, मंगोल नेशनलले ३८ र नेपाली काँग्रेस(बीपी)ले २ मा पाएका छन् ।

त्यस्तै उमपेयर राप्रपाका नवीन रायमाझीले ११० मत प्राप्त गरेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०