Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमै जागिर खाने सुवर्ण अवसर ! (हेर्नुहोस् विज्ञापनसहित)

ललितपुरमा मुख्य कार्यालय रहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्थाले कर्मचारी माग गरेको छ । सहकारीले एसइई उतीर्णदेखि स्नातक तह उतीर्णसम्मको शैक्षिक योग्यता भएकाहरुका लागि साउन २६ गते दरखास्त आव्हान गरेको हो । 

मंगलदीपले थाहानगरमा समेत सेवा केन्द्र विस्तारको स्वीकृती पाएसंगै थप कर्मचारी माग गरेको हो । अब छिट्टै उक्त सहकारीले थाहा नगरपालिकाको शिखरकोटमा सेवा केन्द्र राखेर सेवा प्रवाह गर्ने पदपूर्ति उपसमिति संयोजक नवराज विष्टले जानकारी दिए ।

संयोजक विष्टका अनुसार थाहानगर सेवा केन्द्रका लागि मात्र सेवाकेन्द्र प्रमुखसहित ४ जना कर्मचारी माग गरेको छ । त्यस्तै मंगलदीपकै अरु कार्यालयका लागि ५ जना कर्मचारी माग गरेको छ । 

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशन भएको १५ दिनभित्र आवेदन पेश गर्नुपर्ने सूचनामा उल्लेख छ । 

हेर्नुहोस् विज्ञापनः    

                                      
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०