Sunday, 23rd August, 2026
वि.स.

थाहानगरमा हुने क्षेत्र ‘ख’ सम्मेलनको तयारी शुभारम्भ

JCI-1601217576.jpg

मकवानपुरको थाहा नगरपालिकामा आगामी वर्ष हुने नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलनको तयारी शुरु गरिएको छ । ४१ औं विश्व पर्यटन दिवसको अवसरमा दामनमा पालुङ जेसीज र थाहा नगरपालिकाको संयुक्त अायोजनामा एक अन्तरक्रिया तथा परामर्श कार्यक्रमको आयोजना गरी पालुङ जेसीजले सम्मेलनको तयारी शुरु गरेको हो । 

करिब ५ सय युवाहरुको सहभागितामा हुने सम्मेलन भव्यरुपमा सफल पार्न अहिलेदेखि नै तयारी  थालिएको पालुङ जेसीजका अध्यक्ष मनोज रायमाझीले बताए । नेपालकै सबैभन्दा लामो फलामे भ¥याङसहितको प्राकृतिक टावरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सरोकारवाला सबैको प्रतिवद्धता लिइएको अध्यक्ष रायमाझीको भनाइ रहेको छ । 

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर प्रमुख विष्ट, उपप्रमुख खड्ग गोपाली, थाहा नगरपालिकाका राजनीतिक सल्लाहकार विष्णु विष्ट, पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, थाहा नगर उद्योग वाणिज्य संघका महासचिब सुरेन्द्रमान प्रधान, थाहा होटल एसोसिएसनका कोषाध्यक्ष सुमन विष्ट, पालुङ जेसीजका निवर्तमान अध्यक्ष कुमार नेगी लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रममा वक्ताहरुले सबैले आगामी वर्ष सन् २०२१ मा पालुङ जेसीजको आतिथ्यतामा हुने नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन सफल पार्न आआफ्नो तर्फबाट गहन भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif