Monday, 24th August, 2026
वि.स.

थाहानगरमा सामुदायिक स्वास्थ्य अभिमुखीकरमा तिब्रता

93430777_333100050984673_-1587005322.jpg

मकवानपुर थाहा नगरापलिकाले समुदायमा कोरोना विरुद्ध सचेतना फैलाउनको लागि गठन भएका क्लष्टर कमिटिका व्यक्तिहरुलाई सामुदायिक स्वास्थ्य अभिमुखीकरण गरिएको छ । मेडिकल अधिकृतसहितको टोलीले कमिटिका सदस्य, शिक्षक, जनप्रतिनीधिलगायतलाई कोरोना भाइरस रोकथाम तथा निइत्रण सम्बन्धी अभिमुखकिरण गरिएको डाक्टर सुबोध चापागाइले बताए ।

टोलीले अहिलेसम्म वडा नम्बर ५, ७, ८, ११ र १२ मा यस्तो कार्यक्रम संचालन गरिसकेको स्थासथ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । टोलीमा डाक्टर उदय रोका, डाक्टर सुबोध चापागाई, नर्सिङ निरीक्षक (अधिकृत) बालकुमारी ढकाल, विद्यालय नर्स रमिता भुजेल, हे.इ. चन्द्रदीप भुजेललगायतका स्वासथ्यकर्मीहरु रहेका छन् । 

थाहा नगरपालिकाले यसअघि प्रत्येक वडामा कम्तिमा ४ वटाका दरले नगरपालिकाले हरेक वडामा क्लष्टर निर्माण गरिसकेको छ । वडास्तरमा टोल÷बस्ती अनुगमन गर्न गठन गरिएका क्लस्टरको निगरानीकर्ता, वडा÷टोलका अगुवाहरुलाई कोरोना रोकथाम तथा नियन्त्रण गर्ने, नगरपालिका तथा स्वास्थ्यकर्मीहरुसंग समन्वय गर्ने लगायतका विविध विषयहरुमा सहजीकरण भएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०