Monday, 24th August, 2026
वि.स.

थाहानगरको राहत वितरण सम्बन्धी विधेयक प्रमाणिकरण

Rahat-karya-1586224652.jpg

थाहानगरको राहत सामग्री वितरण सम्बन्धी विधेयक प्रमाणिकरण भएको छ । नगरपालिकाले कोरोना भाइरसका कारण भएको लकडाउनबाट प्रभावित दैनिक ज्यालादारी काम गरेर गुजारा चलाउने तथा गरिब विपन्नहरुलाई तत्काल दैनिकी चलाउन रहात दिन तयार गरेको विधेयक २१ चैतमा नगर प्रमुख लवशेर विष्टले प्रमाणिकरण गरेका हुन् ।

विध्येक प्रमाणीकरणसंगै अब रहात दिने बाटो खुलेको छ । एकद्वार प्रणालीबाट राहत सवतरणको व्यवस्थापन गर्न कार्यविधिले सहयोग मिल्ने नगर प्रमुख लवशेर विष्टले विश्वास दिएका छन् । कार्यविधिले नगरपालिका भन्दा बाहिरका त्यस्ता दैनिकी चलाउन नसक्ने नागरिकहरुलाई समेत समेटेको छ । 

कार्यविधि स्वीकृतसंगै नगरपालिकाले राहत प्याकेज घोषणा गरेको छ । राहत सामग्री वितरण सम्वन्धी कार्यविधि, २०७६ अनुसार दुई किसिमको राहत प्याकेज घोषणा भएको छ ।  पालिकाले आफ्नो नगर क्षेत्रमा बसेका र कार्यविधि बमोजिम राहत दिनैपर्ने व्यक्ति तथा परिवारलाई ४ जनासम्मको परिवारलाई १५ किलो चामल, १ लिटर तेल, २ किलो दाल र १ पोका नून र ४ जनाभन्दा बढि परिवार सदस्य भएकाहरुलाई २० किलो चामल, २ लिटर तेल, २ किलो दाल र १ पोका नूनसहितको राहत प्याकेज पाउने छन् । 

त्यस्ता राहत दिनूपर्ने व्यक्तिहरुको सिफारिस वडा कार्यालयबाट गर्नुपर्ने र वितरणको व्यवस्था पनि वडा कार्यालयहरुबाटै गरिने कार्यविधिमा उल्लेख छ । राहत संकलन तथा वितरणको सम्पूर्ण अभिलेख थाहा नगरपालिकामा रहने व्यवस्था कार्यविधिमा छ ।  


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०