Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा बाढी पहिरोः राँगा र बाख्रा पुरिए, घरहरु झुण्डिए (हेर्नुहोस् फोटो फिचर)

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ७ उन्युचौरका दलबहादुर गोलेको गोठ गएरातीको बाढीले पुरिएको छ । पहरिोले गोठ पुरिँदा ११ वटा बाख्रा मरेको स्थानीय शिक्षक विष्णु वालइवाले जानकारी दिए । त्यस्तै वडा नम्बरा–७ कै सुब्बा लोको गोठ पहिरोले पुरिँदा एउटा राँगा मरेको शिक्षक वाइवाले जानकारी दिए ।                                                                                                                                                                                                                         

राती पहिरोको उच्च जोखिम भएपछि वडा नम्बर ७ बसेरीको तल्लो गाउँका १० परिवार माथ्लो गाउँमा आश्रय लिएर बसिरहेका छन् । 

अहिले पालुङबाट आग्रा चौबास चिसापानी सडक पुर्ण रुपमा अवरुद्ध छ । बाढीपीडित क्षेत्र र नगरपालिका कार्यालयसम्मको सडक सम्बन्ध टुटेको छ । 

थाहा नगरपालिकाकै वडा नम्बर स्थानीय को थोकर कान्छाको घर पहिरोले उच्च जोखिममा परेको छ । वडा नम्बर ८ को छाप टोलका जित बहादुर थिङको घर माथिबाट आएको पहिरोले घरमा क्षति भएको छ । ८ नम्बर कै क्यपुन थिङको आँगन भासिएर घर पहिरोको जोखिममा परेपछि थिङ छिमेकीको घरमा बसीरहेका छन् । 

थाहा–८ कै मनोज नेपालीको घर पनि पहिराका कारण भत्किएको स्थानीय अशोक तामाङले जानकारी दिए । 

वडा नम्बर १ गहते मोडमा पूर्ण बहादुर गोपाली, बसन्त गोपाली र जयराम खड्काको घर पछाडीबाट पहिरो आएर झ्याल ढोका समेत भाँचिएको र उनीहरु छिमेकीको घरमा आश्रय लिइरहेको स्थानीय सुमन वाइवाले जानकारी दिए । 

मकवानपुर थाहा नगरपालिकाको १२ वटै वडामा बाढी पहिरोले क्षति पु¥याएको भए पनि विस्तृत विवरण अझै आइसकेको छैन । 

हेर्नुहोस् फोटो फिचर:

थाहा ८ का इन्द्र बहादुर घलानको घर ।

थाहा-८थाहा-८

थाहा ८ का मनोज नेपालीको घर ।

थाहा-१थाहा-८थाहा-८थाहा-८थाहा-१थाहा-८थाहा ८ का विर बहादुर घलानको घर ।थाहा ७ अन्तर्गत देउराली चिसापानी सडकफेदीगाउँ खोलाथाहा-१वडा नम्बर १ गहते मोडमा पूर्ण बहादुर गोपाली, बसन्त गोपाली र जयराम खड्काको घर पछाडीबाट को भागमा झरेको पहिराेथाहा ८ का राजकुमार थिङको घर ।थाहा-८

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०