Friday, 28th August, 2026
वि.स.

थाहानगरमा दौड प्रतियोगिता: पहिलो पुरस्कार २० हजार

मकवानपुर थाहा नगरपालिकामा नगरस्तरीय खुल्ला दौड प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समिति थाहा नगरपालिकाको आयोजनामा ‘स्वस्थ मुटुको लागि दौड’ भन्ने नाराका साथ २१ फागुनमा प्रतियोगिता हुन लागेको हो । 

एथ्लेटिक्स अन्तर्गतको पुरुष १० किलोमीटर दौडको आयोजना हुन लागेको नगरपालिकाले सार्वजनिक सूचना गरेको छ । प्रतियोगितामा सहभागी हुन चाहनेले १८ गतेसम्म नाम दर्ता गराइसक्नुपर्ने सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले बताए । 

प्रतियोगितामा प्रथम पुरस्कार २० हजार, द्वितीय पुरस्कार १० हजार र तृतीय पुरस्कार ५ हजार नगद सहित शिल्ड मेडल तथा प्रमाणपत्र रहेको लामिछानेले जानकारी दिए ।

हेर्नुहोस् सूचनाः


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif