Saturday, 27th July, 2024
वि.स.

थाहानगरमा दौड प्रतियोगिता: पहिलो पुरस्कार २० हजार

मकवानपुर थाहा नगरपालिकामा नगरस्तरीय खुल्ला दौड प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समिति थाहा नगरपालिकाको आयोजनामा ‘स्वस्थ मुटुको लागि दौड’ भन्ने नाराका साथ २१ फागुनमा प्रतियोगिता हुन लागेको हो । 

एथ्लेटिक्स अन्तर्गतको पुरुष १० किलोमीटर दौडको आयोजना हुन लागेको नगरपालिकाले सार्वजनिक सूचना गरेको छ । प्रतियोगितामा सहभागी हुन चाहनेले १८ गतेसम्म नाम दर्ता गराइसक्नुपर्ने सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले बताए । 

प्रतियोगितामा प्रथम पुरस्कार २० हजार, द्वितीय पुरस्कार १० हजार र तृतीय पुरस्कार ५ हजार नगद सहित शिल्ड मेडल तथा प्रमाणपत्र रहेको लामिछानेले जानकारी दिए ।

हेर्नुहोस् सूचनाः


 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)