Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा जन्मिएकी राममाया इङ्ल्याण्ड राज्य परिषद्को अध्यक्ष निर्वाचित

524192646_102237229270195-1753611947.jpg

मकवानपुरको साविक दामन–६(हाल थाहा नगरपालिका–४) मा जन्मिएकी राममाया विष्ट (थापा) इङ्ल्याण्ड राज्य परिषद्को अध्यक्ष पदमा भारी मतसहित विजयी भएकी छिन् । इङ्ल्याण्ड राज्य परिषद्को २०२३–२०२५ कार्यकालमा कोषाध्यक्षको भूमिका निर्वाह गरेकी उनले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएकी थिइन् । 

करिब दुई दशकदेखि बेलायतमा बस्दै आएकी उनले परिषदको अध्यक्ष पदमा उम्मेदवारी दिएसँगै प्रचारप्रसारलाई तीव्र पारेकी थिइन् । अध्यक्ष पदमा फराकिलो मतान्तरले विजयी थापाले आफ्ना मतदाता, शुभचिन्तक र सहयोगी सबैलाई धन्यवाद दिएकी छिन् । उनले आफ्नो विजयलाई साझा  सफलताको रुपमा लिन आग्रह गर्दै इङ्ल्याण्ड राज्यमा रहेका नेपाली समुदायको उन्नतिको लागि दृढ योजनासहित अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

विगतदेखि नै समाजसेवामा सक्रिय थापाले विभिन्न संघसंस्थाको नेतृत्वसमेत सम्हालिसकेकी छिन् । विपद् व्यवस्थापन, महिला सशक्तिकरण, क्षमता विकास र नेपालप्रतिको भावनात्मक सम्बन्ध विकासमा उनले भूमिका निर्वाह गर्दै आएकी छिन् । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०