Saturday, 15th August, 2026
वि.स.

थाहानगरमा गोजुरियो कराँते प्रशिक्षण शुरु

थाहा नगरपालिकामा नेपाल गोजुरियो कराँते प्रशिक्षण शुरु भएको छ । 

थाहा नगरपालिका वडा नम्बर ३ घट्टेचौरमा प्रशिक्षण शुरु भएको हो । प्रशिक्षणमा ३० महिलासहित ८१ जना प्रशिक्षार्थीहरु रहेकाछन् । प्रशिक्षार्थीहरुलाई प्रशिक्षक मानसिंह दोङले प्रशिक्षण दिइरहेका छन् । दोङ नेपाल गोजुरियो कराँतेका राष्ट्रिय रेफ्री हुन् भने मकवानपुरका प्रमुख प्रशिक्षक हुन् । प्रशिक्षणमा थाहा नगरसहित कैलाश गाउँपालिकाको दुम्सीखर्क, डाँडाखर्क, भिमफेदीको नामटार तथा धादिङ क्षेत्रका प्रशिक्षार्थीहरु रहेका छन् । 

सन् २०२० मा नेपालमा एशियन गोजुरियो कराँते प्रतियोगिता हुने भएकोले सो का लागि समेत प्रतिस्पर्धी खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम शुरु गरिउको प्रशिक्षक दोङले जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif