nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा गोजुरियो कराँते प्रशिक्षण शुरु

थाहा नगरपालिकामा नेपाल गोजुरियो कराँते प्रशिक्षण शुरु भएको छ । 

थाहा नगरपालिका वडा नम्बर ३ घट्टेचौरमा प्रशिक्षण शुरु भएको हो । प्रशिक्षणमा ३० महिलासहित ८१ जना प्रशिक्षार्थीहरु रहेकाछन् । प्रशिक्षार्थीहरुलाई प्रशिक्षक मानसिंह दोङले प्रशिक्षण दिइरहेका छन् । दोङ नेपाल गोजुरियो कराँतेका राष्ट्रिय रेफ्री हुन् भने मकवानपुरका प्रमुख प्रशिक्षक हुन् । प्रशिक्षणमा थाहा नगरसहित कैलाश गाउँपालिकाको दुम्सीखर्क, डाँडाखर्क, भिमफेदीको नामटार तथा धादिङ क्षेत्रका प्रशिक्षार्थीहरु रहेका छन् । 

सन् २०२० मा नेपालमा एशियन गोजुरियो कराँते प्रतियोगिता हुने भएकोले सो का लागि समेत प्रतिस्पर्धी खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम शुरु गरिउको प्रशिक्षक दोङले जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)