Thursday, 27th August, 2026
वि.स.

थाहानगरमा औषधि तथा सर्जिकल सामाग्री खरिदका लागि टेण्डर खुल्यो !

मकवानपुर थाहा नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्री खरिदका गर्न शिलबन्दी दरभाउ आव्हान गरेको छ । नगरपालिकाले इबिडिङ मार्फत दरभाउ आव्हान गरेको हो । कोभिड–१९ संग सम्बन्धी स्वास्थ्य सामाग्री खरिदमा देशैभर प्रश्न उठीरहेका बेला थाहानगरले इबिडिङ खुलाएको हो । खरिद प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धी बनाउनका लागि यो विधि अपनाएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले १९ कात्तिकमा औषधि तथा सर्जिकल सामाग्री खरिदका लागि सार्वजनिक सूचना गरेको छ ।  

थाहा नगरपालिकाले १९ मंसिरमा खोल्ने गरी सूचना प्रकाशन गरेको जनाएको छ । १० लाख ६२ हजार रुपियाँ बराबरको औषधि तथा सर्जिकल सामान खरिदका गर्ने सूचनामा उल्लेख छ । दरभाउ पत्र फाराम खरिद गर्न इच्छुक फर्म, उद्योग, कम्पनी, संस्था वा व्यक्तिहरुले सूचना प्रकाशित भएको मितिले ३० औं दिन सम्म कार्यालय समय भित्र चालु आ.व. को लागि नवीकरण भएको स्थानीयतहमा व्यवसाय दर्ता ,फर्म दर्ता प्रमाणपत्र, स्थायी लेखा दर्ता प्रमाणपत्र, मू.अ.कर दर्ता प्रमाणपत्र एवम् आ.व. २०७६÷०७७ को कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि वा म्यादथपको पत्र, औषधी व्यवस्था विभागवाट प्राप्त इजाजतपत्रको प्रमाणित प्रतिलिपि, समेत सलग्न गरि रु. १०००। राजश्व दस्तुर (फिर्ता नहुने) गरी यस थाहा नगर कार्यपालिकाको आन्तरिक खाता ०५०८४०११५५७३८१२१ दाखिला गरि खरिद गर्न सकिनेछ पालिकाले जनाएको छ । 

खरिद गरिएको शिलवन्दी दरभाउपत्र फाराम, सूचना प्रकाशित भएको मितिले ३१औं दिन दिनको १२ः०० वजेभित्र यस नगरपालिकाको नाममा सम्बोधन गरी शिलवन्दी दरभाउ पत्र फाराम पेश गर्नेको नाम, ठेगाना र फोन नं. उल्लेख गरी सही छाप गरी शिलवन्दी लाहाछाप सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइट www.bolpatra.gov.np/egp मार्फत तोकिएको समय भित्रै दर्ता गराई सक्नुपर्ने उल्लेख छ ।

सूचना हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif