Friday, 21st August, 2026
वि.स.

थाहानगरबाट एमालेका १९ जना जिल्ला सदस्य, ६ जना थपिए(थपिएका को-को हुन् ?)

191503322_828587678027845-1631720336.jpg

नेकपा एमालेका केही सदस्यहरु औपचारिकरुपमै नेकपा एकीकृत समाजवादीतिर लागेपछि थाहा नगरपालिकामा एमालेले अझै धेरै नेता पाएको छ । नेकपा एकताअघि एमालेका जिल्ला सदस्यहरुको तुलनामा सर्वोच्च अदालतको फैसलाबाट साविक एमाले भएपछि नेकपा एमालेले मकवानपुर जिल्ला कमिटीअन्तर्गत थाहाबाट १४ जना जिल्ला सदस्य पाएको थियो । एमालेको पछिल्लो जिल्ला कमिटी बैठकले थाहा नगरपालिकाबाट ६ जना जिल्ला सदस्य थपेपछि अहिले जिल्ला कमिटीमा प्रतिनिधित्व गर्नेहरुको सङ्ख्या १९ पुगेको जिल्ला अध्यक्ष बद्रि लम्सालले जानकारी दिए । 

थाहा नगरपलिकाबाट पछिल्लोपटक जिल्ला सदस्य थपिएकोमा विष्णुप्रसाद ढकाल, बलराम थापा, हरि गोपाली, सगुनकुमार ढकाल, हेम थिङ, कल्पना बलामी र विष्णु अधिकारी रहेका छन् । यसअघि साविक एमालेमा जिल्ला सदस्य राजु नापित, बुद्धरत्न मानन्धर, शशिधर सुवेदी, विमलकुमार ढकाल, गणेशमान श्रेष्ठ, चित्रबहादुर बलामी, केदार बल, लक्ष्मण रेग्मी, सुरेन्द्रमान प्रधान, ठुली गोले, शिवराम थापा, हरि मगर, राजेन्द्रकुमार लामा, काजीमान थिङ रहेका थिए । यसबीच गत असारमा थाहा नगर इन्चार्जसमेत रहेका राजु नापितको निधन भएपछि एमालेमा थाहा नगरबाट जिल्ला कमिटीमा प्रनिनिधित्व गर्नेको सङ्ख्या १३ रहेको थियो । पछिल्लो जिल्ला बैठकबाट विष्णुप्रसाद ढकालसहित ६ जना सदस्य थपिएपछि एमालेको जिल्लामा प्रतिनिधित्व गर्नेको सङ्ख्या १९ पुगेको हो । 

विष्णुप्रसाद ढकाल माओवादीसँगको एकताअघि एमाले जिल्ला कमिटी सचिवालय सदस्य रहेका थिए । तर, सर्वोच्च अदालतको गत २३ फागुनको फैसलापछि एमाले माधव गुटको जिल्ला सचिव घोषित भएका थिए । पछिल्लोपटक जिल्ला कमिटीमा पदोन्नति गरिएका ढकाल, थिङ र बलामी नगर कमिटीमा रहेका थिए भने थापा एमालेको पूर्व संरचनाअनुसार क्षेत्रीय कमिटी सदस्य थिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif