Thursday, 20th August, 2026
वि.स.

थाहानगरको माओवादी वडा सदस्य उमेदवार एमाले प्रवेश

maobadibata-uml-1636123914.jpg

नेकपा माओवादी केन्द्रबाट थाहा नगरपालिकाको वडा सदस्य उमेदवार एमाले प्रवेश गरेका छन् । थाहा नगरपालिका वडा नम्बर ५मा २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट वडा सदस्य उमेदवार बनेकी बिमला पाख्रिन नेकपा एमाले प्रवेश गरेकी हुन् । 

माओवादीको सिद्धान्त, विचार र व्यवहार मन नपरेर आफू एमाले प्रवेश गरेको पाख्रिनले थाहा टाइम्सलाई बताइन् । गत १३ कात्तिकमा आयोजित एमाले थाहानगरको अधिवेशनबाट आफू एमाले प्रवेश गरेको पाख्रिनले जानकारी दिइन् । 

१३ कात्तिकमा माओवादी कार्यकर्ता पाख्रिनसहित थाहा ५ बाट १८ जना एमाले प्रवेश गरेको एमाले थाहानगर कमिटीले पुष्टि गरेको छ । उनीहरुलाई एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले टीका  र खादासहित पार्टीमा स्वागत गरेका थिए । 

थाहाको ४ र ५ नम्बर वडाबाट गरी एक महिनाको अवधिमा ८७ जना एमाले प्रवेश गरिसकेको एमाले प्रदेश कमिटी सदस्य बरिना बलले थाहाटाइम्सलाई जानकारी दिइन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif