nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको माओवादी वडा सदस्य उमेदवार एमाले प्रवेश

maobadibata-uml-1636123914.jpg

नेकपा माओवादी केन्द्रबाट थाहा नगरपालिकाको वडा सदस्य उमेदवार एमाले प्रवेश गरेका छन् । थाहा नगरपालिका वडा नम्बर ५मा २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट वडा सदस्य उमेदवार बनेकी बिमला पाख्रिन नेकपा एमाले प्रवेश गरेकी हुन् । 

माओवादीको सिद्धान्त, विचार र व्यवहार मन नपरेर आफू एमाले प्रवेश गरेको पाख्रिनले थाहा टाइम्सलाई बताइन् । गत १३ कात्तिकमा आयोजित एमाले थाहानगरको अधिवेशनबाट आफू एमाले प्रवेश गरेको पाख्रिनले जानकारी दिइन् । 

१३ कात्तिकमा माओवादी कार्यकर्ता पाख्रिनसहित थाहा ५ बाट १८ जना एमाले प्रवेश गरेको एमाले थाहानगर कमिटीले पुष्टि गरेको छ । उनीहरुलाई एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले टीका  र खादासहित पार्टीमा स्वागत गरेका थिए । 

थाहाको ४ र ५ नम्बर वडाबाट गरी एक महिनाको अवधिमा ८७ जना एमाले प्रवेश गरिसकेको एमाले प्रदेश कमिटी सदस्य बरिना बलले थाहाटाइम्सलाई जानकारी दिइन् । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)