Monday, 31st August, 2026
वि.स.

थाहानगरको दुई वटा एनसीएल टावरमा आगजनी

Ncell1-1564636980.jpg

मकवानपुर थाहा नगरपालिकामा रहेको दुई वटा एनसीएल मोबाइलको टावरमा नचिनेका समूहले आगजनी गरेका छन् । गएराती ति दुई टावरमा आजगनी गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

थाहा नगरपालिका वडा नं. ३ गुफाडाँडा तथा थाहा–७ चिसापानी स्थित कैलाश डाँडामा रहेको टावरमा आगजनी भएको हो । अगजनीबाट मोबाइल टावरमा क्षति भएको छ । राती अबेर टावर छेवैमा रहेको कन्ट्रोल रुममा आगो बलेको देखेपछि स्थानीयहरु समेत त्रसित भएका थिए । टावरमा बोराको मुक्का बनाएर आगो लगाइएको घटनास्थल निरीक्षणबाट थाहा भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । 

चिसपानी स्थित कैलाश डाँडाको टावरमा भएका क्षतिका कारण मोबाइल नेटवर्कमा समेत समस्या भएपछि प्राविधिक टोली पठाइएको एनसीएल कम्पनीले जनाएको छ । 
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विप्लव नेतृत्वको बन्द १५ साउनको लगतै भएको यो घटनाको जिम्मा कसैले पनि लिएको छैन । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०