Wednesday, 26th August, 2026
वि.स.

थाहानगरका सबै विद्यालय बन्द, परीक्षा स्थगित

महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसंगै संक्रमणको जोखिमलाई मध्यनजर गर्दै थाहानगरका सबै विद्यालय बन्द हुने भएको छ । विद्यालय बन्द भएसंगै पुर्व निर्धारित परीक्षाहरु पनि स्थगित भएका छन् । 

थाहा नगरपालिकाले १३ वैशाखमा एक सूचना प्रकाशन गर्दै यस्तो जानकारी गराएको हो । यसअघि जिल्ला प्रशासन कार्यलय मकवानपुरको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले पनि जिल्लाभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

निर्णयसंगै अब मकवानपुर जिल्ला भित्रका सबै स्थानीय तहको विद्यालय, कलेज, टुयसन सेन्टर पनि बन्द हुनेछन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif