Tuesday, 25th August, 2026
वि.स.

थाहानगरका पशु स्वास्थ्य प्राविधिकलाई अभिमुखीकरण

pasu-2-1591500498.jpg

मकवानपुर थाहा नगरपालिकाको पशुसेवा शाखाको आयोजनामा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

संघीय सरकारको सशर्त कार्यक्रम अन्तर्गत रहेको बर्डफ्लु, सिरम संकलन, सम्प्रेषण तथा पशुबाट मानिसमा र मानिसबाट पशुमा सर्ने रोगहरुको विषयमा अभिमुखीकरण भएको हो । सो अभिमुखीकरणको अवसरमा पशु स्वास्थ्यकर्मीहरुले गर्नुपर्ने रिपोटिङ सिस्टमको विषयमा पनि सिकाइएको शाखा प्रमुख राघबेन्द्र मिश्रले जानकारी दिए । 

अभिमुखीकरणमा थाहा नगरपालिका क्षेत्रमा रहेको पशु स्वास्थ्यकर्मी तथा पशुसेवा शाखाका पशु प्राविधिकहरुको सहभागिता रहेको थियो । अभिमुखीकरणका सहभागीहरुलाई क्षेत्रिय पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशका डाक्टर सजिता ज्ञवाली र डाक्टर बब्लु ठाकुरले सहजीकरण गरेका थिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif