Thursday, 27th August, 2026
वि.स.

थाहानगरका निजी बिद्यालय खुल्ने

सरकारले वातावरण प्रदुषणका कारण मङ्गलबारदेखि चार दिन देशभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेपनि थाहानगरमा भने निजी विद्यालयहरु खुल्ने भएका छन ।

थाहानगरमा काठमाडौं जस्तो पुर्णरुपमा प्रतिकूल मौसम नरहेको तथा विद्यार्थी घरमा बस्नु र बिद्यालय आउनुमा कुनै फरक नपर्ने भन्दै पठनपाठन सुचारु हुने जनाएको हो ।

"हामीले विद्यालय व्यवस्थापन समितिसङ्ग पनि छलफल गरेका छौँ र सदस्य विद्यालयहरुसङ्ग पनि आसय बुझेर सकेसम्म कक्षा कोठा बाहिर खेल्न नदिने गरेर पठनपाठन कार्यलाई निरन्तरता दिने निर्णय गरेका छौँ ।" प्याव्सन थाहानगरका अध्यक्ष सुरेन्द्रमान प्रधानले भने, "सरकारले विद्यार्थीको स्वास्थ्य बारे चासो राखेर निर्णय गर्नु राम्रो हो तर, हाम्रो नगरमा त्यति धेरै प्रतिकूल प्रभाव छैन, सुरक्षित रुपमा पठनपाठन गराउछौ । प्रतिकूल मौसम भएमा समिति तथा नगर शिक्षा कार्यालयसङ्ग छलफल गरेर अघि बढ्न भनेका छौँ ।" चालू शैक्षिक सत्रमा पठनपाठन कार्यमा धेरै बाधा पुगिसकेको हुँदा प्याव्सन अन्तर्गतका बिद्यालयहरुले सार्वजनिक बिदाहरु कटौती गर्दै आएको थियो ।

थाहानगरमा १० वटा निजी बिद्यालयहरु छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif