Friday, 28th August, 2026
वि.स.

थाहाका युवाहरुद्वारा बन्दविरुद्ध प्रदर्शन [फोटो फिचर हेर्नुहोस्]

नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहद्वारा आह्वान गरिएको आम हड्तालको विरुद्ध मकवानपुरको थाहा नगरपालिकाका युवाहरुले २२ माघमा प्रदर्शन गरेका छन् ।

स्वतन्त्र युवा सञ्जालका सदस्यहरुले मोटरसाइकल ¥यालीसहित प्रदर्शन गरेका हुन् । ¥यालीको क्रममा उनीहरुले ‘बन्द गर्न पाइँदैन, बन्द प्रथा खारेज गर, स्वतन्त्र भएर हिँड्न पाउने कि नपाउने, बन्द सदाको लागि बन्द गरौं, बन्दको नाममा जनतालाई किन दुःख दिने’ जस्ता नारा लगाएका थिए ।  

प्ले कार्डसहित निस्केको ¥याली थाहा नगरपालिकाको शिखरकोट, थानाबजार, ओखरबजार, डाँडागाउँ, घर्तिखोला, फाँटबजार हुँदै खाल्डेबजारसम्म पुगेको युवा संजालका संयोजक सुमन रायमाझीले जानकारी दिए । 

यसअघि बन्दकर्ताहरुले शिखरकोट र थानाबजारमा बन्द गराउँदै हिँडेका थिए । त्यसक्रममा उनीहरुले शिखरकोट र दोबाटोमा टायरसमेत बालेका थिए । बन्द आह्वानका कारण शिखरकोट बजार खुलेको थिएन भने थानाबजारमा आंशिक प्रभाव परेको थियो । त्यसैगरी थाहा नगरका भित्री बजारहरु खुलेका थिए ।

  • फोटो फिचर/गणेश विष्ट

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif