Monday, 24th August, 2026
वि.स.

थप ‍‍‍११४ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ८८६ पुग्यो

bikas-devkota-1590577238.jpg

 बुधबार  थप एक सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार योसहित नेपालमा संक्रमितको संख्या ८८६ पुगेको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति ठूलो संख्यामा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो। 

बुधबारसम्म एक सय ८३ जना निको भएका छन् भने अरुको विभिन्न अस्पतालमा उपचार भइराखेको छ । मंगलबार साँझ र बुधबार गरेर २८ जना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

अहिलेसम्म नेपालमा कोरोनाकै कारण चार जनाको मृत्यु भइसकेको छ । सरकारले परीक्षणको दायर बढाउँदै सातै प्रदेशका २० अस्पतालमा पीसीआर परीक्षण गरिरहेको छ भने देशभर आरडीटी विधिबाट व्यापक परीक्षण भइरहेको छ । 

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ५८ हजार २ सय ७७  र आरडीटी विधिबाट एक लाख दुई सय ८७ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार पाँचसय २५  र  आरडीटी दुई हजार तीन सय २० जनाको नमुना परीक्षण गरिएको छ । 

मन्त्रालयका अनुसार ७० हजार तीन सय ५ जना क्वारेन्टाइन र ६ सय ९९ जना आइसोलेसनमा मा छन् । 

प्रवक्ता देवकोटाका अनुसार मन्त्रालयको कल सेन्टर एक हजार १२ जनाले जिज्ञासा राखेका छन् । पछिल्लो २४ घण्टामा चार सय ४२ जनाले स्वमूलयांकन फारम भरेका छन् । जसमध्ये ९ जना रेड जुनमा परेका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०