Sunday, 23rd August, 2026
वि.स.

थप ६७१ जनामा कोरोना संक्रमण

gautam-1592477727.jpg

बिहीबार एकै दिन ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमकाअनुसार बिहीबार ६७१जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। योसँगै  संक्रमितको संख्या सात हजार आठ सय ४८ पुगेको छ। बिहीबार मात्र थप दुई जनाको कोरोनाकै कारण मृत्यु पुष्टि भएको छ। प्रवक्ता गौतमका अनुसार योसँगै मृतकको संख्या २२ पुगेको छ।  

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ५५ हजार ५ सय १८ र आरडीटी विधिबाट दुई लाख ४३ हजार ७५ जनाको नमुना परीक्षण गरिएको छ। अहिलेसम्म कोरोना जित्नेको संख्या भने ११ सय ८६ पुगेको छ । पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका छन् । 
अहिले क्वारेन्टाइनमा एक लाख १६ हजार २ सय १५ जनालाई राखिएको छ। मन्त्रालयका अनुसार ६ हजार ६ सय ४८ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। कोरोना संक्रमण ७७ जिल्लामध्ये ७४ जिल्लामा फैलिएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०