Monday, 24th August, 2026
वि.स.

थप दुईमा कोरोना पुष्टि, संक्रमितको संख्या २१९ पुग्यो

c-1589359019.jpg

 नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१९ पुगेको छ । बुधबार धुलिखेलस्थित धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका एक जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै काठमाडौैंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका एक जनामा पनि संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बाँके जिल्ला नेपालगन्ज(८ का ३६ वर्षीय पुरुष तथा कपिलवस्तु(५ का २२ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनीहरु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०