Sunday, 23rd August, 2026
वि.स.

त्रिवि परीक्षा कार्यालय सिल

tu-1601539860.jpg

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय सिल गरिएको छ। परीक्षा नियन्त्रक पुष्पराज जोशीमा कोरोना देखिएपछि कार्यालयले कम्तिमा आइतबारसम्मको लागि सबै काम रोकेको हो। 

कोरोना पोजिटिभ देखिएपछि जोशी हाल होम आइसोलेसनमा बसेका छन्। उनका अनुसार आइतबारदेखि के गर्ने भन्ने निर्णय भएको छैन। असोज ६ गते विश्वविद्यालयमा परीक्षा संचालनको विषयमा भएको बैठकमा धेरै मानिसको जमघट भएको र सोही समयमा आफूमा कोरोना सरेको हुनसक्ने जोशिले बताए।

जोशी नजिकै बैठकमा उपस्थित आइओमको डिन दिब्या सिंहलाई कोरोना पोजिटिभ देखिएपछि जोशीसहित विश्वविद्यालयका अन्य अधिकारिले पीसीआर परीक्षण गराएका थिय। तर अन्यमा भने कोरोना देखिएको छैन।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif