Thursday, 27th August, 2026
वि.स.

त्रिभुवन राजपथको लामिडाँडामा दुर्घटना !

त्रिभुवन राजपथकाे लामीडाँडामा १७ कात्तिक साँझ सवारी दुर्घटना भएको छ ।

काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको तरकारी बोक्ने गाडि( गाडि नम्वर खुल्न बाँकी) र हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको कार ( गाडि नम्वर नखुलेको) आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता इन्द्र बहादुर रानाले  जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी ३ जना घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएकाे छ ।घटनास्थलमा प्रहरी चौकी भैँसेका इन्चार्ज कुल श्रेष्ठको टोली पुगेकाे छ । थप विवरण आउँन बाँकी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif