Monday, 24th August, 2026
वि.स.

तीन हप्तासम्म बालबालिकालाई घरमै बस्न शिक्षा मन्त्रीको आग्रह

GirirajMani-1584528353.jpg

कारोना भाइरसको संक्रमण फैलिने त्रास बढेपछि नँया शैक्षिक सत्र सुरु नभएसम्म बालबालिकालाई घर बाहिर ननिस्किन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले आग्रह गरेका छन् ।

 सूचना जारी गर्दै मन्त्री पोखरेलले देशभरका करिब ७० लाख विद्यालय जाने उमेरका बालबालिकालाई विषेश सावधानी अपनाउन आग्रह गरेका हुन् । यस अघि मन्त्रालयले जारी गरेको सूचना अनुसार चैत ५ गते भित्रमा कक्षा १ देखि ९ सम्मको परिक्षा सम्पन्न गराइसक्ने निर्देशन अनुसार परीक्षा सम्पन्न भइसकेको छ ।यस्तै, विद्यालयमा शैक्षिक कार्यक्रम, अभिभावक दिवस, नतिजा प्रकासन, नँया भर्ना जस्ता भीडभाड हुने कार्य नगर्न मन्त्रालयले जनाएको छ ।

चैत ६ देखि १७ गतेसम्म हुन लागेको एसईई परीक्षा भने आवश्यक सावधानी अपनाएर तोकिएको समयमै  हुदै छ ।  यस वर्षको एसईई परीक्षामा कुल ४ लाख ८२ हजार २१९ जना विद्यार्थी सहभागी हुँदै छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

GirirajMani-1584528354.jpg