Wednesday, 26th August, 2026
वि.स.

तामाङ पत्रकार संघ मकवानपुरले तामाङ प्रसारण दिवस मनाउने

तामाङ पत्रकार संघ मकवानपुर शाखाले आउँदो भदौ १ गते परेको २५ औँ तामाङ प्रसारण दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

मकवानपुर शाखा अध्यक्ष चन्द्र घलानको अध्यक्षतामा २० साउनमा बसेको कार्यसमिति बैठकले दिवसका अवसरमा तामाङ  घेदुङ मकवानपुर शाखा, यसका नगर तथा गाउँपालिका कमिटिका साथै मकवानपुरमा रहेका तामाङ गुठीका नेतृत्व गरिरहेका बुद्धिजीविहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको हो ।

रेडियो नेपालमा पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण सुरु गरेको दिनको सम्झनामा मनाईदै आइएको तामाङ प्रसारण दिवसका अवसरमा यस अघि संघले सम्मान कार्यक्रमको आयोजना गरेको थियो । वरिष्ठ सञ्चारकर्मी पूर्णिमा गोलेलाई गत वर्ष तामाङ पत्रकारिता सम्मानबाट सम्मानित गरिएको थियो । यस वर्ष भने तामाङ बुद्धिजीवीसँग तामाङ सञ्चार र यसका प्रभाव लगायतका अन्य विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको शाखाका सचिव दिलबहादुर लामाले बताए । बैठकमा कार्य समिति सदस्यहरु जयराम मोक्तान, दिपकसिंह रुम्बा, सन्देश थिङ, भुवन घलान र कुमारी तामाङले विशेष जिम्मेवारी लिँदै कार्यक्रमका लागि तयारी गर्ने जिम्मेवारी लिएका छन् । कार्यक्रम नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको सभाहलमा गरिनेछ ।

संघले आगामी दिनमा मकवानपुरका विभिन्न स्थानीय तहसँग समन्वय गरी तामाङ भाषा तथा सँस्कृतिसँग सम्बन्धित विविध कार्यक्रमहरु समेत गर्ने निर्णय गरेको छ । गाउँ गाउँमा तामाङ पत्रकारहरु उत्पादन गर्ने तथा समाचार लेखनका लागि गाउँमा नै सञ्चारकर्मीहरु उत्पादन गर्ने समेत संघले तयारी गरेको छ । यसका लागि कार्य समिति सदस्यहरुले गाउँपालिका, वडा तथा नगरसँग समन्वय गर्ने जिम्मेवारी समेत लिएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif