Saturday, 22nd August, 2026
वि.स.

तपाई स्वास्थ्यकर्मी ? त्यसो भए लक्षण देखिएमात्र क्वारेन्टिन बस्नुस् !

Ministry-of-Health-1602863669.jpg

सरकारले कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कोभिड– १९ को लक्षण देखिए वा संक्रमित भएमात्र क्वारेन्टिन वा आइसोलेसनमा राख्ने नीति लिएको छ । संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको अभाव हुन थालेपछि लक्षण देखिए वा कोरोना पोजेटिभ देखिएमात्र स्वास्थ्यकर्मी क्वारेन्टिन र आइसोलेसनमा बस्न पाउनेछन् ।

यसअघि सरकारी कोभिड अस्पतालमा १५ दिन उपचारमा संलग्न भएपछि १५ दिन क्वारेन्टिनमा बस्ने प्रचलन थियो । त्यस्तै संक्रमितको क्लोज कन्ट्याक्टमा भएकाहरु पनि क्वारेन्टिनमा बस्ने गरेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्तरीय निर्णयबाट स्वास्थ्यकर्मी क्वारेन्टिन बस्ने नयाँ व्यवस्था गरिएको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif