Sunday, 23rd August, 2026
वि.स.

डा. मानबहादुर विश्वकर्मा सचिवमा बढुवा

नेपालको इतिहासमा पहिलोपटक दलित सचिवमा बढुवा भएका छन् । सहसचिव डा. मानबहादुर विश्वकर्मालाई सचिवमा बढुवा भएका हुन् ।

२९ असार साँझ बसेको मन्त्रिपरिषद बैठकले सहसचिव डा. विकलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । इतिहासमा पहिलोपटक दलित समुदायको सचिवमा विकको नाम लेखिएको छ ।

पाल्पाका विकले माइक्रोफाइनान्समा पीएचडी गरेका हुन् । खाद्य सुरक्षाबारे उनी राम्रो जानकार छन् । उनी मकवानपुरका पूर्व प्रमुख जिल्ला अधिकारी समेत हुन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०