Saturday, 15th August, 2026
वि.स.

डाडाबासको सुन्दरीदेवी मावि जिल्ला भलिवलको उपविजेता

sundaridevi-1642144589.jpg

जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगितामा थाहा नगरपालिकाको सुन्दरीदेवी मावि उपविजेता भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ हुप्रचौरमा ३० पुसमा बकैया गाउँपालिकाको महेन्द्र माविसँग फाइनलमा भिडेको सुन्दरदेवी उपविजेता भएको हो । 

फाइनलमा सुन्दरीदेवी माविलाई महेन्द्र माविले २५–२२, २५–२३ र २५–१८ अन्तरले उपविजेतामा सीमित गरिदिएको थियो । सेमीफाइनलमा मकवानपुरगढी गाउँपालिकाको जनता माविलाई पराजित गर्दै सुन्दरीदेवी मावि फाइनलमा प्रवेश गरेको थियो । 

मदन भण्डारी स्पोर्ट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरले आयोजना गरेको प्रतियोगितामा जिल्लाका १९ वटा विद्यालयको टिम सहभागिता रहेको थियो । 

प्रतियोगितामा विजेताले २५ हजार रुपैयाँ तथा उपविजेता टिमले १५ हजार रुपैयाँ प्राप्त गरेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif