Sunday, 23rd August, 2026
वि.स.

डाक्टर, नर्स, प्रहरीसहित एकै पटक १४२ जनामा कारोना संक्रमण

corona-virous-1596790283.jpg

पर्सामा डाक्टर, नर्स, प्रहरी सहित एकै पटक एक सय ४२ जनालाई कोेरोना संक्रमण भएको छ।वीरगञ्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले कट्याक्ट टे«सिङका क्रममा फेला परेका १४२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका छन्।

यी मध्ये दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको डा.उपाध्यायले बताए। १४२ जनाको शुक्रबार बिहान स्वाब परिक्षण रिपोर्ट आएको थियो।उनका अनुसार, संक्रमित हुनेहरुमा चिकित्सक, नर्स, पारामेडिक्स, सेना, प्रहरी, थुनावा लगायतका सर्वसाधारण छन्। बन्दाबन्दी खुलेपछि पर्सा महामारीको ‘हटस्पट’ बनेको छ।

अहिलेसम्म पर्सामा १९ जनाको मृत्यु भइसकेको छ। बन्दाबन्दी खुलेपछि मात्रै पनि १६ जनाको मृत्यु भइसकेको छ। त्यस मध्ये तीन जनामा मात्रै पर्सा बाहिरका हुन्।शुक्रबार थपिएको सहित पर्सामा संक्रमित संख्या ७८२ पुगेको छ। पर्साका सांसद प्रदीप यादव र वीरगञ्ज महानरपालिकाका मेयरलाई समेत संक्रमण भइसकेको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०