thahatimes-ad-thekka-1731652826.jpg
Friday, 13th December, 2024
वि.स.

डाँडाबास भलिबल : यी हुन् क्वाटरफाइनलमा पुग्ने ८ टिम

IMG_20241108_184512-1731071075.jpg

थाहा नगरपालिकाको वडा नम्बर ७ डाँडाबासमा २२ कात्तिकबाट जारी अन्तर–वडा मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगिताको २३ कात्तिकमा लिग चरणको समीकरण पूरा भएको छ । लिग चरणबाट क्वाटरफाइनलमा ८ टिम प्रवेश गरेका छन् । 

क्वाटरफाइनल प्रवेश गर्नेहरुमा थाहा–३, आयोजक ए, सशक्त रातो, उन्युचौर, थाहा–२, थाहा–९, आयोजक बी र थाहा–५ रहेका छन् । 

आज २३ कात्तिकमा भएको लिग चरणको खेलमा थाहा–३ ले थाहा–१० लाई २५–१९ र २५–१७ को सोझो सेटमा पराजित गरेर क्वाटर फाइनल प्रवेश गरेको हो । त्यसैगरी आयोजक एले थाहा–६लाई २५–१७ र २५–२१ को सोझो सेटले हरायो । आजको तेस्रो खेलमा सशक्त रातोले थाहा–१लाई २५–१८ र २५–२० को सेटमा हराउँदा उन्युचौरले चण्डेश्वरीलाई २४–२६, २५–१३ र १५–७ को सेटमा पराजित ग¥यो । 

आजै भएको अर्को खेलमा थाहा–९ ले थाहा–७ बतासेलाई २५–२२ र २५–१६ को सोझो सेटमा पराजित ग¥यो भने थाहा–२ ले योङ ब्वाइजलाई २५–९ र २५–१० को फराकिलो अन्तरले पराजित ग¥यो । 

क्वाटरफाइनलमा पुग्ने आयोजक बीले कैलाश ५बीलाई २५–१७, २५–२३को अन्तर र थाहा–५ ले थाहा–४ लाई २५– ले , उन्युचौरले चण्डेश्वरीलाई, थाहा–९ ले बतासेलाई र थाहा–२ले योङ ब्वाइजलाई क्रमश र २५–१८ ले हराएको हो । 

क्वाटरफाइनलको पहिलो खेल थाहा–२ र उन्युचौर, दोस्रो खेल आयोजक बी र थाहा ५, तेस्रो खेल थाहा ३ र आयोजक ए तथा चौंथो खेल सशक्त रातो र थाहा–९ बीच हुने आयोजकले जनाएको छ । 

थाहा नगरपालिका र कैलाश गाउँपालिकाका गरी २० टिमको सहभागिता रहेको प्रतियोगिता २५ कात्तिकसम्म चल्नेछ । क्वाटरफाइनल चरणका खेलहरु २४ कात्तिक भाेलि बिहान ८:३० बजेबाट शुरु हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेले ५१ हजार १ सय ५१,दोस्रो हुने टिमले ३१ हजार १ सय ३१ र तृतीय हुने टिमले १३ हजार १ सय १३ नगद सहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी र बिधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई  नगद र शील्ड प्रदान गरिने आयोजकले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०