Thursday, 20th August, 2026
वि.स.

ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको मनरा सिसुवा नगरपालिका-९ बस्ने ३२ वर्षीय आनन्द झा रहेका छन् ।

पूर्वीचितवनको राप्ती नगरपालिका-१ पिप्लेस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश न.०२-०२-००१ प ५१०४ नम्बरको मोटरसाइकलाई सोही दिशाबाट आइरहेको ना ६ ख ६२८६ नम्बरको ट्रकले बिहीबार दिउँसो ठक्कर दिँदा उनी घाइते भएका थिए । उनको उपचारको क्रममा भरतपुर अस्पतलामा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

मोटरसाइलको पछाडि बस्ने धनुषा जनकनन्दनी गाउँपालिका-४ बस्ने २२ वर्षीया स्वेता झा घाइते भएकी छिन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०