Sunday, 16th August, 2026
वि.स.

टिष्टङ नौखण्डेमा फुटबल प्रतियोगिता शुरु

 उत्तरी मकवानपुरको थाहा नगरपालिका ११ टिष्टुङ नौखण्डेमा दिपावलीको अवसरमा फुटबल प्रतियोगिता शुरु भएको छ । शनिवारबाट निर्माणाधिन अष्टमान खेल मैदान तारा खोलामा दिपावलीको पुनित अवसरमा खशी उपहार फुटबल प्रतियोगिता शुुरु भएको हो ।

युथ भिजन युवा क्लव नौखण्डेको आयोजनमा भईरहेको प्रतियोगितामा ८ समूहको सहभागिता रहेको वडा अध्यक्ष किरणमान बलले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने समूहले खशी द्धितीय हुनेले बोका र तृतीय हुने समूहले भाले पुरस्कार प्राप्त गर्ने आयोजक क्लवले जानकारी दिएको छ ।

तस्बिर : गएको दशैमा भएको फुटबल प्रतियोगिता 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०