Monday, 31st August, 2026
वि.स.

ज्वालाले पार्टी परित्याग गरे (विज्ञप्तीसहित)

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटी (नेकपा) मकवानपुरका जिल्ला इन्चार्ज विरबहादुर घलान ज्वाला हिरासत मुक्त भएका छन् । न्वाला पार्टी परित्याग गरेसँगै हिरासत मुक्त भएका हुन् । 

विभिन्न मुद्दामा दोषी देखाउँदै राज्यले पक्राउ गरेर भीमफेदी कारागारमा राखेको थियो । केही दिन अघि छुटेसँगै फेरि पक्राउ परेका ज्वाला ६ पौषमा पाटी परित्याग गरेपछि हिरासत मुक्त भएका हुन् । उनले विज्ञप्ती जारी गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटी ९नेकपा० बाट अलग भएको बताएका छन् ।

आफु अब स्वतन्त्र रुपमा रहने र विप्लव नेतृत्वको पाटी परित्याग गरेको विज्ञप्तीमा उल्लेख छ । उनिसंगै मनहरी २ वस्ने राजकुमार पाख्रीन, थाहा नगरपालिका वडा नम्बर ८ वस्ने सुरज थिङले पनि पार्टी परित्याग गरी स्वतन्त्र रुपमा जिवनयापन गर्ने विज्ञप्ती जारी गर्दै घोषणा गरेका छन् ।

हेर्नुहोस विज्ञप्ती

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०