Wednesday, 26th August, 2026
वि.स.

जेठ ६ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

nirwachan-1619142580.jpg

जेठ ६ गते बिहीबार हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आग्रह गरेको छ। संविधानको धारा २७१ अनुसार उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आयोगको आग्रह छ।

दलको विधान, नियमावली तथा घोषणापत्रसहित कागजातहरू दल दर्ताका लागि आवश्यक पर्छन्। वैशाख १४ गतेभित्र दल दर्ता गर्न आयोगले आग्रह गरेको छ।

बागमती प्रदेशमा रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो। नेकपा माओवादी केन्द्रबाट २०७४ को निर्वाचनमा रामबहादुर थापा बादल यो क्षेत्रबाट निर्वाचित भएका थिए। बादलले दल त्याग गरेको भन्दै माओवादी केन्द्रले पद रिक्त गरिदिन सिफारिस गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले पद रिक्त गरेका थिए।

सांसद हटेसँगै बादलको गृहमन्त्री पद पनि गएको थियो। तर प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद नरहे पनि बादललाई फेरि गृहमन्त्री नियुक्त गरेका थिए।

बादल नेकपा एमालेको केन्द्रीय सदस्य गत फागुन २८ देखि छन्।

हेर्नुस् सूचना

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif