Wednesday, 26th August, 2026
वि.स.

जेठ २ मा फर्किन ओली सहमत !

UML-1-1621009594.jpg

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीलाई जेठ २ (माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअघिको अवस्था) को अवस्थामा फर्काउन तयार भएका छन् ।

बिहीबार भएको वार्ता सकारात्मक भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ-आफ्नो पक्ष नेताहरुसहित शुक्रबार फेरि वार्तामा बसेका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा अध्यक्ष ओली नेपाल समूहको मागअनुसार जेठ २ मा फर्किन सहमत भएको एक सहभागीले बताए ।

माओवादी केन्द्रबाट आएका नेताहरुको जिम्मेवारी लगायतका विषयमा गृहकार्य गर्न कार्यदल बनाउने सहमति भएको छ । दुईर् नेताहरु बसेर कार्यदलका सदस्यहरु टुंगो लगाउने एमाले नेता भीम रावलले जानकारी दिएका छन् ।

नेपाल समूहले एमाले ब्युँताउने सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार २ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने अडान लिँदै आएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif