nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जिल्ला भलिवलकाे फाइनलमा थाहानगरले फेरि हरायाे आमभञ्याङलाई, तेस्रो टिम पनि थाहानगरकै

volleyball-final-1024x683-1641050836.jpg

थाहा नगरपालिकाको सहिद सुनिता स्मृति प्रतिष्ठानले आयोजक आभमञ्ज्याङ युवा क्लबलाई निरीह बनाउँदै जिल्ला स्तरीय भलिवलको उपाधि उचालेको छ । जिल्ला भलिवलकाे तेस्राे स्थान  पनि थाहाकै टिमले हात पारेकाे छ ।

मकवानपुरगढी गाउँपालिका कार्यालयद्वारा मुख्य प्रायोजित जिल्ला स्तरीय रनिङशिल्ड भलिवल प्रतियोगिताको फाइनलमा प्रतिष्ठानले आयोजकलाई सोझो सेटमै धुलो चटाएको थियो । यसअघि थाहानगरमा भएकाे जिल्ला भलिवलमा पनि आमभञ्याङलाई फाइनलमा हराएर थाहानगर जिल्ला विजेता बनेकाे थियाे । १७ पुसमा प्रतिष्ठानले आयोजक आमभञ्ज्याङ युवा क्लबलाई २५–१७, २५–१६ र २५–१८ को सोझो सेटमा पराजित गरेको हो । प्रतिष्ठानले ६६ हजार ६ सय ६६ रुपैयाँसहित रनिङशिल्ड, मेडल र प्रमाणपत्र पायो ।

उपविजेतामा चित्त बुझाएको आयोजकले ३३ हजार ३ सय ३३ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र हात पारेको छ । शनिवार बिहान तेस्रो स्थानको लागि भएको खेलमा आग्रा खेल बिकास समितिले हेटौंडाको छाहारी युवा सेवा समाजलाई १९–२०, २५–२०, २५–१६, २१–१९ अंकले पराजित गर्न सफल भएको छ ।

तेस्रो भएको आग्रा खेल विकास समितिले १५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । छहारीले ५ हजार नगद पायो ।

प्रतियोगितामा आग्राका सविन कार्की वेष्ट ब्लकर हुँदा प्रतिष्ठानका राजकुमार कर्मचार्य वेष्ट सेटर, आमभञ्याङका आषिश घलान वेष्ट स्पाईकर तथा प्रतिष्ठानका राजाराम घलान वेष्ट प्लेयर भए ।

विद्यागत रुपमा उत्कृष्ट भएका खेलाडीहरुले जनही नगद पाँच हजार नगदसहित ट्रफि पाए ।

प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंंले विजेता र उपविजेतालाई पुरस्कार प्रदान गरेका थिए ।

समापन कार्यक्रममा प्रतियोगितालाई प्रायोजन गरेको भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, मकवानपुरगढीको वडा नम्बर ५ का अध्यक्ष जीतबहादुर घिमिरे, ३ नम्बर वडाका वडाध्यक्ष भागवत घिमिरे, ४ नम्बर वडाका वडाध्यक्ष रामप्रसाद तिमल्सिना, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव बलराम घिमिरेलगायतकाको आतिथ्यता थियो ।

प्रतियोगिताको अबसरमा तत्कालीन आमभञ्ज्याङ गाविसमा भलविल खेलको सुरुवात गर्ने सम्भु हुमागाईं, अर्जुन हुमागाईं, इन्द्रप्रसाद सञ्जेल, स्वर्गीय लक्ष्मण सञ्जेललगायतलाई सम्मान प्रदान गरिएको थियो ।

प्रतियोगिताका संयोजक इन्द्रप्रसाद सञ्जेलले तत्कालीन महिला राष्ट्रिय भलिबलका मुख्य प्रशिक्षक स्वर्गीय केशवलाल श्रेष्ठको नाममा स्थापना गरेको पत्रकारिता पुरस्कारबाट मकवानपुरका पत्रकार धर्मेन्द्र दहाल पुरस्कृत भएका छन् ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)