Friday, 28th August, 2026
वि.स.

जिल्ला इन्चार्ज ज्वाला प्रचण्ड-माधव नेकपामा प्रवेश

jwala-1609062689.jpg

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका तत्कालिन जिल्ला इन्चार्ज बीरबहादुर घलान (ज्वाला) प्रचण्ड– माधव पक्षको नेपाल कम्युनिष्ट पार्टी मकवानपुरमा प्रवेश गरेका छन् ।

प्रचण्ड–माधव पक्षको नेकपा मकवानपुरद्वारा आज हेटौंडामा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण भेलामा नेकपाका स्थायी समितिका सदस्य मुकुन्द न्यौपानेले स्वागत गर्दै पार्टीको सदस्यता वितरण गरेका हुन् ।

नवप्रवेशी घलान केही महिना अघिदेखि विप्लव नेतृत्वको नेकपा परित्याग गरी स्वतन्त्र रहँदै आएका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०