nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जिरी भलिवल : वर्षाका कारण आज फाइनल खेल भएन

FB_IMG_1699083187303-1699098059.jpg

वर्षाका कारण जिरीमा जारी भलिबल च्याम्पियनसिप प्रतियोगिताकाे फाइनल खेल प्रभावित भएकाे छ । खेल शुरु हुनुअघि वर्षा शुरु भएकाे र नराेकिएकाेले अब फाइनल खेल भाेलि १९ कात्तिकमा हुने खेलस्थलबाट अनिल लामिछानेले जानकारी दिए ।

फाइनल खेल थाहा नगरपालिका र भरतपुर महानगरपालिकाबीच हुँदैछ । सेमिफाइनलमा लिखु तामाकाेशीलाई हराउँदै थाहा फाइनलमा पुगेकाे हाे भने गोकुलगंगा गाउँपालिकालाई पराजित गरेर चितवनको भरतपुर महानगरपालिका फाइनलमा पुगेकाे हाे ।

थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्ट, उपप्रमुख भरत गोपाली, थाहा नगर खेलकुद विकास समिति सदस्य राजकुमार बलामी, सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने अहिले जिरीमै छन् ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)