Saturday, 15th August, 2026
वि.स.

जिरी भलिवल : वर्षाका कारण आज फाइनल खेल भएन

FB_IMG_1699083187303-1699098059.jpg

वर्षाका कारण जिरीमा जारी भलिबल च्याम्पियनसिप प्रतियोगिताकाे फाइनल खेल प्रभावित भएकाे छ । खेल शुरु हुनुअघि वर्षा शुरु भएकाे र नराेकिएकाेले अब फाइनल खेल भाेलि १९ कात्तिकमा हुने खेलस्थलबाट अनिल लामिछानेले जानकारी दिए ।

फाइनल खेल थाहा नगरपालिका र भरतपुर महानगरपालिकाबीच हुँदैछ । सेमिफाइनलमा लिखु तामाकाेशीलाई हराउँदै थाहा फाइनलमा पुगेकाे हाे भने गोकुलगंगा गाउँपालिकालाई पराजित गरेर चितवनको भरतपुर महानगरपालिका फाइनलमा पुगेकाे हाे ।

थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्ट, उपप्रमुख भरत गोपाली, थाहा नगर खेलकुद विकास समिति सदस्य राजकुमार बलामी, सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने अहिले जिरीमै छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif