Saturday, 29th August, 2026
वि.स.

जिम्मेवारी: शिक्षामा पार्वत गुरुङ र पर्यटन मन्त्रालयमा प्रदीप ज्ञवाली !

parbat-gurung-and-pradeep-1602513940.jpg

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्रालय र पर्यटन मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

प्रधानमन्त्री ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएपछि उनीहरुले गर्दै आएको काम तत्कालका लागि दुईजनालाई जिम्मेवारी तोकेका छन् ।

शिक्षा मन्त्रालयको जिम्मेवारी महिला, बालबालिका तथा जेष्ठनागरिकमन्त्री पार्वत गुरुङ र पर्यटन मन्त्रालयको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई तोकिएको छ ।

पोखरेल र भट्टराई कोरोनाबाट निको भएर काममा नफर्किएसम्मका लागि जिम्मेवारी दुईजनालाई दिइएको स्रोतको भनाइ छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०