Friday, 28th August, 2026
वि.स.

जाङमु शेर्पासँग विहे गर्दै मुख्यमन्त्री राई

serdhan-1610790099.jpg

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी माघ ११ गते आइतबार सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्ने भएका छन्।

मुख्यमन्त्री राईको विवाहबारे उनको सचिवालयले पुष्टि गर्दै विवाहको मिति सार्वजनिक गरेको हो।

मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौंमा बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा बस्दै आएका छन्।

राई र शेर्पाबीच काठमाडौंमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यबीच बिहे हुन लागेको हो।

‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा अभिनयसमेत गरेकी छन्।

११ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले त्यसलगत्तै उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन्।

यसैगरी, ४९ वर्षीय राई २०६५ सालमा भोजपुरबाट सांसद बनेयता लगातार राजनीतिमा सक्रिय छन्। उनी तत्कालीन  एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्यहुँदै पोलिटव्यूरो सदस्य र संघीय सरकारको मन्त्री हुँदै प्रदेश एकको मुख्यमन्त्री भएका हुन्।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif